अनामनगरबाट हराएका अछामका जगतबहादुर कुँवर अझै बेपत्ता

काठमाडौँ । अछाम, साफेवगर नगरपालिका-३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुँवर हराएको पाँच दिन भइसक्दासमेत पत्ता लाग्न सकेको छैन ।

यही असार १७ गते बिहान काठमाडौँ महानगरपालिका-२९ अनामनगर अनामनगरस्थित डेराबाट ‘मर्निङवाक’का लागि निस्किएका कुँवरबारे अहिलेसम्म पत्ता नलागेको उनका भतिज देवबहादुर कुँवरले जानकारी दिए ।

देवबहादुरले भने, “काका हराउनु भएको आज पाँच दिन भइसक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवेदन दर्ता गराएका छौँ । अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।”

कुँवर हराएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उनका भतिजाले निवेदन दर्ता गराएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए । उनले भने, “ कुँवरको खोजी जारी छ, विभिन्न युनिटमार्फत प्रयास भइरहेको छ ।”

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१