• २०८३ असार ४
  • 2026 June 18, Thursday

निजामती विधेयकमा सुधारको प्रारम्भ: छानबिन समितिको आजको पहिलो बैठक

काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा बनेको अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक आज बस्दैँ छ ।

बैठक मध्यान्न १२ बजे सभामुखको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने तय भएको प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

यो बैठकले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘छलकपट’ गरी लेखिएका भनिएका त्रुटिहरूको अध्ययन तथा छानबिन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने बिषयमा छलफल गर्ने गिरीले बताए ।