• २०८३ असार १४
  • 2026 June 28, Sunday

बागलुङमा बाढीले कालुङखोला जलविद्युत आयोजना क्षतिग्रस्त

काठमाडौं। बागलुङमा बाढीले कालुङखोला जलविद्युत आयोजना बगाएको छ।

बुधबार जैमिनी नगरपालिका-९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए।

उनका अनुसार कालुङखोला आयोजनाको विद्युतगृह र त्यहाँ रहेका तीन वटा झुलुङ्गे पुलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले एउटा गोरूलाई पनि बगाएको छ।

त्यहाँ रहेका करिब १० वटा घर जोखिममा छन्। स्थानीयबासीलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। घटनाबारे थप प्रक्रिया अघि बढाएको  प्रहरीले जनाएको छ।