• २०८३ साउन ७
  • 2026 July 23, Thursday

कैलालीबाट सात जनाको सकुशल उद्धार नेपाली सेनाद्वारा

कैलाली । नेपाली सेनाले कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ मा गोदावरी खोलामा फसेका सात जना स्थानीयको सकुशल उद्धार गरेको छ।

खोलामा श्राद्ध गर्न गएका ती व्यक्तिहरू खोलाको बहाव बढ्दा तर्न नसकेर समस्यामा परेका थिए। नेपाली सेनाको देवीदल गणको टोलीले अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सम्पन्न गरेको हो।

उद्धार गरिएका सबै व्यक्ति सुरक्षित रहेको सेनाले जनाएको छ। पछिल्लो समय आपत्कालीन अवस्थामा नेपाली सेनाको तत्परता र समन्वयको महत्त्वलाई थप दर्साएको छ।