• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

ज्ञानेन्द्र शाहलाई ‘श्री ५ ’ ले सम्बोधन गर्नु स्वाभाविकः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाम लिएर सरकारमाथि कडा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिव फणिराज पाठकलाई सोधपुछको निम्ति बोलाउनु सरकारको संकुचित मानसिकताको प्रतिफल भएको बताएका छन्।

थापाले भनेका छन्, ‘श्री ५ ज्ञानेन्द्र लेखिएको वहानामा फणिराज पाठकलाई सोधपुछको निम्ति सरकारद्वारा बोलाइनु आश्चर्यजनक र हास्यास्पद छ।’ उनले यो कदमले सरकारको ‘संकुचित मानसिकता’ को झल्को दिएको बताए।

थापाले थप भनेका छन्, ‘श्री ५ ज्ञानेन्द्र नेपालको राजा हुनु, प्राविधिक रूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनी पछि अरू कोही राजा नभएकाले उनलाई ‘श्री ५’ भन्ने सम्बोधन गर्नु स्वाभाविक र मर्यादित कुरा हो।’