• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

आगामी आइतबार काठमाडौं महानगरपालिकाको नगरसभा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी आइतबार दिउँसो २ बजेका लागि नगरसभा आह्वान गरेका छन्। नगरसभा काठमाडौं प्लाजास्थित सभा हलमा आयोजना हुने भएको छ।

शुक्रबार बसेको ४० औं नगरकार्यपालिका बैठकमा मेयर बालेनले नगरसभा सम्बन्धी जानकारी दिँदै उक्त निर्णय सार्वजनिक गरेका हुन्। नगरसभामार्फत आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिनेछ।

त्यसअघि, आइतबार बिहान ९ बजे काठमाडौं महानगरको कार्यपालिका बैठक समेत बोलाइएको छ। त्यस बैठकले नगरसभामा प्रस्तुत गरिने दस्तावेजहरू अनुमोदन गर्ने र आवश्यक तयारीको समन्वय गर्नेछ।

शुक्रबारको कार्यपालिका बैठकमा मेयर बालेनले केवल एउटा एजेन्डा मात्र प्रस्तुत गरेका थिए। यद्यपि कार्यपालिका बैठकका लागि २४ वटा एजेन्डा तय भए पनि, एकमात्र एजेन्डालाई प्राथमिकता दिइएको जानकारी उनले दिएका छन्।

नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको बृहत् प्रस्तुती अब आइतबार नगरसभाबाट सार्वजनिक हुने तयारीमा छ, जसलाई नागरिक र सरोकारवालाहरूले चासोका साथ हेरेका छन्।

 

 

 

 

ब्कप ऋजबतन्एत्