सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढ्यो, हाल कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

आइतबार ११ सयले बढेर तोलाको एक लाख ९२ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलाको एक लाख ९१ हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१