• २०८३ असार १५
  • 2026 June 29, Monday

मौद्रिक नीतिपछिको उकालो २८०० नजिकबाट फर्कियो

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विस्तारमुखी मौद्रिक नीतिको प्रभावले सेयर बजारमा सकारात्मक सुरुवात गरे पनि बजार परिसूचक २८०० विन्दु पार गर्न सफल भएन।

कारोबारको सुरुवाती सत्रमा परिसूचक ३५ अंकले उकालो लाग्दै २७९८.७५ अंकसम्म पुगेको थियो तर त्यसपछि फेरि घट्न थाल्यो। अहिले परिसूचक घटेर करिब २७७० को आसपासमा आएको छ।

यद्यपि अघिल्लो कारोबार दिनको तुलनामा आजको कारोबार उच्च विन्दुमा भइरहेको छ। मौद्रिक नीतिले बजारमा पहिलो चरणमै सर्किट लेभलको अपेक्षा गरिएको भए पनि त्यो अनुमान साकार हुन सकेको छैन।