मकवानपुर बालगृहका प्रमुख किशोरी बलात्कारको आरोपमा पक्राउ

मकवानपुरको कैलाश गाउँपालिका–३ मा रक्षक नै भक्षक बनेको एक घटना सार्वजनिक भएको छ । सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका प्रमुख ४८ वर्षीय मधुसूदन राउतले आफ्नै संरक्षणमा रहेकी १७ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको गम्भीर आरोपमा पक्राउ परेका छन् ।

विगत ४ वर्षदेखि बालगृहमा आश्रय लिइरहेकी, बाबुको मृत्यु र आमा सम्पर्कविहीन भएकी ती किशोरीलाई राउतले जेठ महिनाको पहिलो हप्तामा पटक-पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

पीडितले असार ८ गते जाहेरी दिएपछि फरार रहेका राउतलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी मकवानपुर ल्याएको छ । यो घटनाले १५ जना बालिकाहरू रहेको उक्त बालगृहको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दै बालगृहका अन्य बालबालिकाको अवस्थाबारे पनि सोधपुछ थालेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१