• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

घुस ‘डिल’ प्रकरणमा मुछिएका मन्त्री बालुवाटारमा पुगे

  • २०८२ असार ३०, सोमबार ११:४६

काठमाडौं । घुस डिल गरेको सम्बन्धी अडियो सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

सोमबार बिहान करिब एक घण्टा अघि मन्त्री गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

भूमि आयोग, कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय, कास्कीको तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लेनदेन सम्बन्धी ‘डिल गरेको’ अडियो सार्वजनिक भएको थियो।

प्रधानमन्त्री ओलीले मन्त्री गुप्तासँग यसबारे कुराकानी गर्न लागेका हुन्। प्रधानमन्त्रीले मन्त्री गुप्तालाई पदबाट राजीनामा दिन भन्ने र नमाने बर्खास्तको तयारी गरेको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ।मन्त्री गुप्ता नेकपा (एमाले)का सांसद र केन्द्रीय सदस्य पनि हुन्।

  • २०८२ असार ३०, सोमबार ११:४६