
काठमाडौं। रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ देवीनगरबाट एक महिला मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी छन् ।
बुटवल-११ न्यु दुर्गानगर बस्ने ४६ वर्षीया बिष्णु माया शर्मा परियार ८ वर्ष पहिले ३ जना महिलालाई भारत हुँदै कुवेत लगेर बेचबिखन गरेको अभियोगपछि फरार रहेकी थिइन् ।
परियारलाई बुटवल प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । २०७४ सालदेखि हालसम्म फरार रहेकी परियारलाई इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मुद्दा परेलगत्तै फरार रहेकी उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रकाउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
मानव बेचबिखन कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ८ वर्ष पहिले ३ महिलालाई भारत हुँदै कुबेत लगेर बेच्न लागेको कसुरमा परियार विरुद्ध मुद्दा परेको थियो ।