सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख ९२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार २७५  रुपैयाँमा कारोबार भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१