
सुर्खेत । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–८ बाट अवैध हतियार, गोली तथा ठूलो मात्रामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा सोही स्थानका २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले बिधान शाहीको घरमा तलासी गर्दा चाईनिज पेस्तोल १ थान, म्यागजिन २ थान, गोली १२ राउण्ड, जरायोको सिङ १ थान, ट्रामाडोल ८६० ट्याब्लेट र नाइट्राजेपाम ४०० ट्याब्लेट फेला पारेको हो।
प्रहरीले उनीहरूलाई बिहीबार राति नियन्त्रणमा लिई हातहतियार तथा लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।