• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सिन्धुपाल्चोकको जुरेमा पहिरो, सडक बन्द

काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ स्थित जुरेमा पहिरो खसेको छ । आइतबार बिहान साढे ५ बजेतिर सडकमा पहिरो खसेको हो ।

पहिरोका कारण अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका एसपी नरेश सुवेदीले  बताए ।

जुरे स्थित ८० किलो भन्ने स्थानमा खसेको पहिरो सडक विभाग र स्थानीय निकायसँगको समन्वयमा पन्छाउने काम भइरहेको एसपी सुवेदीले जानकारी दिए । अविरल वर्षाको कारण सो स्थानमा माथिबाट लेदो र ढुङ्गा मुढा खसेको छ ।