• २०८३ साउन ५
  • 2026 July 21, Tuesday
सुनचाँदी

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला आठसय रुपैयाँ बढेको छ।  गएको बिहीबारदेखि सुनको मूल्य लगातार बढिरहेको छ।

बिहीबार प्रतितोला तीनसय र शुक्रबा दुईसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको हो।शुक्रबार प्रतितोला एक लाख ९२ हजार पाँचसय रुपैयाँ रहेको सुनको मूल्य आज एक लाख ९३ हजार तीनसय रुपैयाँ पुगेको छ। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको महासंघले जनाएको छ। चाँदीको मूल्य आज प्रतितोला दुई हजार दुईसय ८५ रुपैयाँमा काराेबार भइरहेकाे छ।