सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा एक लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी २ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१