
काठमाडौं। एलबीईएफ कलेजले विद्यार्थीहरूका लागि ‘सुनौलो छात्रवृत्ति अवसर’ घोषणा गरेको छ।छात्रवृत्ति कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीले अनलाईन आवेदन दिई अनलाइन परीक्षा दिनु पर्नेछ । मोबाइल, ल्यापटप, कम्प्युटर वा ट्याब प्रयोग गरेर देशको जुनसुकै स्थानबाट पनि सहज रूपमा परीक्षा दिन सकिने व्यवस्था गरिएको कलेजले जनाएकोछ।
काठमाडौंको मैतीदेवीस्थित एलबीईएफ अर्थात् लर्ड बुद्ध एजुकेशन फाउन्डेशन, सूचना प्रविधिमा आधारित शैक्षिक कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो संस्थाका रूपमा स्थापित छ। सन् १९९८ मा स्थापना भएको यो संस्था गैर-नाफामूलक र गैर-सरकारी स्वरूपमा सञ्चालित छ। यो कलेज मलेसियास्थित एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन अन्तर्गत सम्बन्धन प्राप्त छ भने यस कलेजका पाठ्यक्रमहरू नेपाल सरकारको त्रिभुवन विश्वविद्यालयबाट समेत मान्यता प्राप्त छन्।
हालसम्म एलबीईएफ समूहबाट दश हजारभन्दा बढी विद्यार्थीले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन पूरा गरिसकेका छन्।
सुनौलो छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूले कृत्रिम बौद्धिकता (एआइ) , साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, र इन्टरनेट अफ थिङ्स जस्ता विशेषिकृत विषयहरूमा अध्ययन गर्न पाउनेछन्। एलबीईएफबाट प्रदान गरिने डिग्री मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीबाट मान्यता प्राप्त स्नातक तहको डिग्री हो, जसलाई विश्वकै उत्कृष्ट दुई प्रतिशत विश्वविद्यालयमा सूचीकृत गरिएको छ तथा क्यूएस फाइभ स्टार प्लस रेटिङ प्रदान गरिएको छ।
विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्न सकिने यस अवसरमा सहभागी हुन इच्छुकले अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।