• २०८३ असार १७
  • 2026 July 01, Wednesday

अदालतद्वारा वडाध्यक्ष पदबाट हटाउने निर्णयमा स्पष्टीकरण माग

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाहले आफूलाई अन्यायपूर्वक पदबाट हटाएको विषयमा दायर गरेको रिटमा उच्च अदालत तुलसीपुरले कारण देखाऊ आदेश जारी गरेको छ ।

अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाइ भदौ १८ गते तोकेको छ । शाहले गत शुक्रबार अदालतमा रिट दर्ता गरेका थिए ।मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलाशले उपमहानगरलाई कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अर्को पेशीमा बोलाएको छ ।

वडाध्यक्षबाट हटाइएका शाहले आफूलाई एक पटक पनि सफाईको मौका नदिई राजीनामा दिएको दुई वर्षपछि राजीनामा स्वीकृत गरेको जनाउँदै कानूनी प्रक्रिया पूरा नगरी पदबाट हटाई कार्यवाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरी पूर्ववत: जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेका थिए ।

घोराहीका नगरप्रमुख नरुलाल चौधरी र वडाध्यक्ष शाह दुवैजना नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।