• २०८३ असार २९
  • 2026 July 13, Monday

विद्या भण्डारीसँगको भेटपछि ओलीले भने– ‘खुला रूपमा संवाद भयो, कुनै मतभेद छैन’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भएको भेटबारे केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन्।

च्यासलमा जारी बैठकमा ओलीले भण्डारीको आग्रहमा नै हिजो भेट भएको जानकारी गराएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनले ओलीको भनाइ उदृत गर्दै भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा नै हिजो पार्टी कार्यालयमा भेट भएको हो। १० औँ वर्ष म जान सकिरहेका छैन भन्ने कुरा गर्नुभएपछि उहाँ भेटवार्ता भएको छ। हामीबीच कुनै मतभेद छैन, हिजो पनि खुलस्त छलफल भयो।’

ओलीले बैठकमा राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने विषयमा आफ्नो तर्फबाट अहिले चलिरहेको अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको पनि बताए।

उनले पार्टी सदस्यताका विषयमा पनि धेरै विवाद गर्नुपर्ने नभएकाले आवश्यक छलफल गरेर केन्द्रीय कमिटीबाटै निर्णय लिने बताए।