• २०८३ असार २९
  • 2026 July 13, Monday

मोहन बस्नेतलाई रेड कार्पेट सत्कारप्रति गृह मन्त्रालयसँग स्पष्टीकरण माग

काठमाडौँ । नेकपा माओवादीका सांसद माधव सापकोटाले टेरामक्स प्रकरणमा मुछिएर सांसद पद निलम्बन भएका मोहन बस्नेतलाई सिडिओले प्रमुख अतिथि बनाएर लैजानु संसद्को अवमूल्यन भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारी कार्यक्रममा भ्रष्टाचारमा मुछिएका र निलम्बित व्यक्तिलाई रातो कार्पेट बिछ्याएको भन्दै आपत्ति जनाएका हुन्।

उनले भने, यो शासन प्रणाली, नैतिकता र जनविश्वासमाथि ठुलो हमला हो, त्यसैले गृह मन्त्रालयको धारणा चाहन्छु, प्रजिअ भनेको अख्तियारको जिल्लाको प्रतिनिधि समेत हो। अख्तियारले नै मुद्दा दर्ता गरेको छ। त्यसैले अख्तियार, राष्ट्रिय सर्तकर्ता केन्द्र र हेलो सरकारको समेत ध्यानाकर्षण गर्छु र जवाफ माग्छु।

टेरामक्स खरिद प्रकरण भ्रष्टाचार मुद्दाका अभियुक्त पूर्वसञ्चारमन्त्री समेत रहेका बस्नेतलाई खुसी पार्न अख्तियारकै प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी किरण थापाले सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाएका थिए।