• २०८३ साउन ७
  • 2026 July 23, Thursday

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ।

स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी ४२ वर्षीया श्रीमती रामकुमारी खंगको आज बिहान आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए।

राईका अनुसार बालेश्वर मण्डलले सिटी रिक्सा चार्ज गर्न खोज्दा अचानक करेन्ट लागेपछि उनलाई छुटाउन गएकी श्रीमती रामकुमारीलाई पनि करेन्ट लागेको थियो। घटनास्थलमै दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।