
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका वरिष्ठ नेता शिव कुमार बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन् ।
केही दिनदेखि अस्वस्थ्य भएको र पार्टीको दैनिक क्रियाकलाप सञ्चालन गर्न नसकेको भन्दै उनले बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ । नाउपाका बहुमत केन्द्रीय सििमत सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गर्दै अल्टिमेटम दिइरहेको सन्दर्भमा कार्यवाहक तोकेर रञ्जिता पन्छिएकी हुन् ।
बहुमत केन्द्रीय सदस्यहरूले रञ्जितालाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । केन्द्रीय समिति बैठक नबोलाए थप निर्यय लिने उनीहरुको चेतावनी रहेको थियो । उनले आफ्ना सबै अधिकार कार्यवाहक अध्यक्ष बास्तोलालाई प्रत्यायोजन गरेकी छन् ।