
काठमाडौँ। लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । पाण्डे लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका हुन् ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका मन्त्रीहरूको उपस्थिति थियो ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइबार पाण्डेलाई नियुक्त गरी मन्त्रिपरिषद् बिस्तार गरेका थिए । यसअघि यो मन्त्रालय मुख्यमन्त्रीले सम्हालेका थिए ।