• २०८३ जेठ २२
  • 2026 June 05, Friday

भेरी बाढीमा फसेका चार जना सुरक्षितरूपमा उद्धार

डोल्पा । लगातारको वर्षासँगै भेरी नदीकाे बाढीले बगाएर ल्याएको दाउरा  टिप्ने क्रममा नदीमा फसेका ४ जनाको उद्धार गरिएको छ ।

डोल्पा सदरमुकाम दुनैको नजिकै लामालोटेमा  फसेका ४ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलमा उद्धार गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले  ठुली भेरीको त्रिपुराकोट जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।4