लामाले बागमती कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराए

काठमाडौँ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबार हेँडौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।  उनको प्रस्तावकमा तिर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी छन् ।

यसअघि इन्द्र बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । संसदीय दलको नेता छान्न आजै चुनाव हुनेछ । यसअघि लामाविरुद्धको अविश्वास प्रस्तावमा मतविभाजन हुँदा उनले विश्वास गुमाएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१