मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौँ ।  दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका-६ पत्थर गढवा निवासी २२ वर्षीय अयोध्या चौधरीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरी अनुसार राती करिब १२ बजेतिर लमही नगरपालिका-२ सोनपुरमा लु ४४ प ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए ।

उनीलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले मृतकको शवलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१