
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाएको छ । सोबारे निर्वाचन आयोगसमक्ष नाउपाले जानकारी पनि गराएको छ ।
पार्टीको अनुशासन नमानेको र विधानविपरित कार्यवाहक अध्यक्षमा शिवप्रसाद बास्तोलालाई तोकेपछि पार्टीले अध्यक्षबाट रञ्जितालाई हटाएको हो । रञ्जितालाई अध्यक्षबाट हटाउनको लागि प्रमुख संरक्षक रेशमलाल चौधरीले नै पार्टीमा पहल लिएका हुन् ।
उनलाई हटाउनुअघि रामलाल डगौरा थारु संयोजक रहेको अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । रञ्जिताले त्यो स्पष्टीकरणको कुनै जवाफ दिएकी थिईनन् । आफूलाई अध्यक्षबाट हटाएकोबारे रञ्जिताले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।