प्रधानमन्त्री ओलीको कडा चेतावनी: ‘भ्रष्टाचार गर्ने कसैलाई छोड्दैनौं’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैलाई पनि नछोडिने बताएका छन् ।

बुधबार राष्ट्रिय सभामा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदनमाथिको छलफलको जवाफ दिने क्रममा उनले नसोची सरकार भ्रष्टाचारको पर्याय भएको आरोप लगाउने गरिएको बताए ।

“फ्याट झुक्किएर मान्छेले के भन्छ भने सरकार भ्रष्टाचारको पर्याय भएको छ । एक दुई भ्रष्टाचारीलाई कारबाही गरिदिएपछि देख्यौ त भ्रष्टाचार गरेको रहेछ नि ऊ ! कारबाही गरेपछि भ्रष्टाचार भएको छर्लंगै देखियो त । कारबाही नगरेको राम्रो ?,” उनले भने ।

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको जिकिर गरे । “कसैले गर्यो भने कारबाही हुन्छ । कसैलाई पनि छोडिन्न,” उनले भने ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१