• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

रसियामा गएको शक्तिशाली भूकम्प असरः कोलम्बियामा सुनामीको डर

रसियाको कम्चाट्का नजिकै गएको शक्तिशाली भूकम्पपछि कोलम्बियाले आफ्ना तटीय क्षेत्रहरूमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

कोलम्बियाको चोको र नारिनो विभागहरूमा सुनामी सतर्कता जारी गरिएको छ भने काउका र काउका उपत्यका क्षेत्रमा पनि सम्भावित जोखिमबारे चेतावनी दिइएको छ।

कोलम्बियाको राष्ट्रिय विपद् जोखिम व्यवस्थापन इकाइले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै चोको र नारिनोको तटीय क्षेत्र तथा समुद्र किनार नजिकका बासिन्दालाई उच्च स्थानतर्फ जानु र किनाराबाट टाढा रहनु आग्रह गरेको छ।

सुनामीको जोखिम अझै टरेको छैन भन्ने भन्दै अधिकारीहरूले आमजनलाई सजग र सतर्क रहन आग्रह गरेका छन्।