वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१३ बस्ने २६ वर्षीय अक्षय श्रेष्ठ, बुढानीलकण्ठ नगरपालिका–१० बस्ने काठमाडौँ महानगरपालिका–३१ घर भएका २४ वर्षीय सुसान चुडाल, काठमाडौँ महानगरपालिका–१४ बस्ने सुर्खेत सिम्ता गाउँपालिका–१ घर भएका ३० वर्षीय प्रदीप हमाल र काठमाडौँ महानगरपालिका–३१ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–६ घर भएका ३६ वर्षीया मञ्जु दाहाल रहेका छन् ।

टेकुबाट खटिएको प्रहरीले अक्षयलाई काठमाडौँ महानगरपालिका–१३ बाट बुधबार तथा सुसानलाई काठमाडौँ महानगरपालिका–३२ बाट पक्राउ गरेको हो ।  प्रदीपलाई काठमाडौँ महानगरपालिका–२६ बाट र मञ्जुलाई काठमाडौँ महानगरपालिका– १२ बाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अक्षयलाई काठमाडौँ महानगरपालिका–१३ बाट बुधबार तथा सुसानलाई काठमाडौँ महानगरपालिका–३२ बाट पक्राउ गरेको हो ।  प्रदीपलाई काठमाडौँ महानगरपालिका–२६ बाट र मञ्जुलाई काठमाडौँ महानगरपालिका– १२ बाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउमध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने सुसान, प्रदीप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१