• २०८३ असार १८
  • 2026 July 02, Thursday

माओवादी स्थायी कमिटी बैठकमा ‘प्रचण्ड’को ब्रिफिङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका छन्।

बैठकमा पोखरामा पुगेर रोकिएको माओवादीको अभियानलाई निरन्तरता दिने, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषय लगायतमा छलफल गर्ने एजेण्डा तय गरिएको छ।

त्यस्तै बैठकले संगठन निर्माण, नेताहरूको कार्य विभाजन र अहिलेको वर्तमान अवस्थाका साथै समसामयिक प्रस्ताव पारित गर्ने नेताहरूले जनाएको छ। स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको मिति समेत तय गरिने माओवादीले जनाएको छ।