• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला एक लाख ९६ हजार ५ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर दुई हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।