• २०८३ साउन ७
  • 2026 July 23, Thursday

राप्ती राजमार्ग अवरुद्ध: दाङ–सल्यान सडक पहिरोले बन्द

दाङ । अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । दाङ–सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराई जानकारी दिए।

लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरोले सवारी आवागमन रोकिएका हुन् । सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए। यात्रीलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।