• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीले अन्तर्राष्ट्रिय विज्ञान क्याम्पमा गोल्ड मेडल जिते

काठमाडौं । जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीहरूले थाइल्याण्डमा आयोजित एशियन साइन्स क्याम्प २०२५ (ASC 2025) मा पोस्टर प्रस्तुतीकरणतर्फ गोल्ड मेडल जित्दै नेपालको नाम गौरवका साथ उच्च बनाएका छन्।

थाइल्याण्डको सुरानारी युनिभर्सिटी अफ टेक्नोलोजीमा जुलाई ३१ देखि अगस्ट ६ सम्म आयोजित उक्त प्रतिष्ठित विज्ञान क्याम्पमा नेपालको प्रतिनिधित्व गर्दै ५ जना विद्यार्थी र १ जना टिम लिडर सहभागी भएका थिए।

प्रतियोगितामा सहभागी विभिन्न देशका उत्कृष्ट युवा वैज्ञानिकबीच कडा प्रतिस्पर्धा हुँदाहुँदै नेपाली टोलीले प्रस्तुत गरेको परियोजना र त्यसको वैज्ञानिक व्याख्याले निर्णायक मण्डलको ध्यान आकर्षित गर्दै उत्कृष्टता हासिल गर्न सफल भएको हो।