• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

कालोपट्टी बाँधेर राहत शिक्षकको देशव्यापी आन्दोलन

रुकुम पश्चिम । नेपाल शिक्षक महासंघ र राहत शिक्षक केन्द्रिय समितिको विरोधमा राहत शिक्षकहरूको देशव्यापी आन्दोलन सुरु गरेका छन्।

राहत शिक्षकहरूले कालोपट्टी बाँधेर सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै विरोध जनाएका छन्। उनीहरूले ‘शिक्षक महासंघ मर्यो हाम्रो लागि, राहत शिक्षक समिति मुर्दावाद’ जस्ता नारा लगाउँदै महासंघप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

आन्दोलनलाई थप प्रभावकारी बनाउने उनीहरुको जिकिर गरेका छन् । आन्दोलन चरणबद्ध रूपमा अघि बढाइने राहत शिक्षकको चेतावनी छ।