• २०८३ असार १५
  • 2026 June 29, Monday

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौँ । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ गोला प्रथाद्वारा बाँडफाँट गरिएको छ । २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ५ जनाले थप एक कित्ता गरी ११ कित्ता आइपीओ प्राप्त गरेका छन् ।

कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । जस मध्येमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको हो । १३ हजार २३९ जनाको आवेदन बदर भएको छ ।

कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गरेको गरेको थियो ।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । आइपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।