
काठमाडौं। गत साउन २६ गते बसेको मन्त्रिपरिषद्को १८ वटा निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएका ह्न् ।
सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गरेको छ । त्यस्तै, नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्नेलगायतका निर्णय भएका छन् ।
त्यस्तै, मधेश प्रदेशका मुख्यमन्त्री स्वीजरल्याण्ड भ्रमणमा जाने भएका छन् । उनी आगामी भदौ १५ गतेदेखि २१ गतेसम्म स्वीजरल्याण्डमा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

