उपप्रधानमन्त्री सिंह र सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता, समयमा काम सक्न निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलसँग आर्थिक वर्ष ०८२/०८३ का लागि कार्यसम्पादन सम्झौता गरेका छन्।

सहरी विकास मन्त्रालयको सभा हलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता गरेको उपप्रधानमन्त्री सिंह सचिवालयले जनाएको छ।

सम्झौता गर्दा उनले कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन निर्देशन दिँदै इमानदारीपूर्वक पालना गर्न आग्रह गरे। उनले भने, ‘अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल गर्न सकिएको छैन।

समयमा योजनाहरू किन सकिएनन् ? कर्मचारीहरूले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुपर्‍यो। समयमा गर्नुपर्ने निर्णय समयमा हुनुपर्‍यो। पन्छने प्रवृत्तिले समयमा काम हुन सक्दैन। गर्नुपर्ने काम समयमा गर्नुस्। ’ सहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय भएको भन्दै जनतालाई छिटो रिजल्ट दिनुपर्ने भन्दै काममा केन्द्रित हुन निर्देशन दिए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१