गौर हत्याकाण्डसम्बन्धी परमादेशबारे छलफल गर्न मोर्चाको बैठक आह्वान

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले गौर हत्याकाण्डको बारेमा सर्वोच्च अदालतले हालै दिएको परमादेशको बारेमा छलफल गर्नको लागि बैठक बोलाएको छ । बैठक आज (बुधबार) साँझ ५ बजे बस्ने भएको छ ।

बैठक थापागाउँस्थित् जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्ने मोर्चामा आवद्ध दल राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशब झाले जानकारी दिए ।

उनकाअनुसार बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनको तयारीको सम्बन्धमा पनि आज छलफल हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१