
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन् । प्रचण्ड आज साँझ ६ बजे रविलाई राखिएको नख्खु कारागार जान लागेका हुन् ।
सहकारी ठगी प्रकरणमा लामिछाने पूर्पक्षका लागि थुनामा छन् उनलाई रुपन्देही कारागारबाट हालै नख्खु कारागामा ल्याईएको हो । प्रचण्ड आज भेट्न जाने कुरा रास्वपाका सांसद मनिष झाले जानकारी दिएका हुन् ।