
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला दुई हजार २९० रुपैयाँमा कायम भएको थियो ।