• २०८३ असार १७
  • 2026 July 01, Wednesday

प्रधानमन्त्री ओलीले भेटे विपिन जोशीकी आमा र बहिनी, रिहाइका लागि सरकार प्रतिबद्ध

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा अपहरणमा परेका विपिन जोशीको रिहाइको माग गर्दै इजरायल पुगेर फर्किएकी उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीसँग बालुवाटारमा भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवासमा आयोजित सो भेटमा प्रधानमन्त्री ओलीले विपिनको सकुशल रिहाइका लागि सरकारले सबै प्रकारको प्रयास जारी राखेको र कुनै कसर बाँकी नराखेको स्पष्ट पारे।

पद्मा र पुष्पा जोशी नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति तथा संसदका अध्यक्षसँग भेट गरेर नेपाल फर्किएका हुन्। उनीहरुले सरकारलाई इजरायली पक्षसँग गरिएको कुराकानीबारे जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले सरकार विपिनको सुरक्षित रिहाइका लागि पूर्ण रूपमा प्रतिवद्ध रहेको दोहोर्‍याए।