राज्य व्यवस्था समिति नेतृत्वमा न्यौपाने, शपथ ग्रहण आज दिउँसो

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्विरोध निर्वाचित भएकी नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको शपथ बुधवार ४ बजे हुने भएको छ ।

संघीय संसद् सचिवालयले दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा हुने जानकारी दिएको छ ।

समिति सभापतिमा उम्मेदवारी दिन संघीय संसद् सचिवालयले तोकेको मंगलबार दिउँसो एक बजेदेखि ४ बजेसम्मको समयमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी थिइन् ।
समिति सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१