• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी देवि न्यौपाने सर्वसहमतीले निर्वाचित

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा समितिकी सदस्य इश्वरी देवि न्यौपाने सर्वसहमतीले निर्वाचित भएकी छन् ।

बुधबार बसेको समितिको बैठकमा समिति सदस्य सर्वेन्द्र नाथ सुक्लाले प्रतिनिधिसभाको नियमावली २०७९ को, नियम १७६ को, नियम ४ बमोजिम सदस्य इश्वरी देवि न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निरविरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

उनले भने, ‘प्रतिनिधिसभाको नियमावली २०७९ को नियम १७६ को नियम ४ बमोजिम सदस्य इश्वरी देवि न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निरविरोध निर्वाचित हुनु भएको घोषणा गर्दछु ।’

समितिका निवर्तमान सभापति रामहरि खतिवडाले इश्वरी देवि न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका थिए ।

खतिवडाले भने, ‘समितिका मान्य सदस्य श्रि इश्वरी देवि न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्दछु ।’

साथै, समिति सदस्य कृष्ण गोपाल श्रेष्ठले उक्त प्रस्तावको समर्थन गरेका छन् । उनले भने, ‘इश्वरी देवि न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनि राख्नु भएको प्रस्तावको समर्थन गर्दछु ।’