• २०८३ जेठ २२
  • 2026 June 05, Friday

‘भारतलाई आणविक आक्रमण गर’ लेखेको बन्दुकले गोली हानी अमेरिकामा २ बालबालिकाको हत्या

अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक क्याथोलिक विद्यालयमा गोलीकाण्ड मच्चाउने एक युवकले प्रयोग गरेको हतियारमा ‘Nuke India’ अर्थात् ‘भारतलाई आणविक आक्रमण गर’ भन्ने लेखिएको भेटिएको छ। उक्त घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

शूटरको पहिचान २३ वर्षीय रोबिन वेस्टम्यानको रूपमा गरिएको छ। उनले प्रयोग गरेका हतियारहरूमा यस्तै खालका घृणात्मक र उक‍्साउने सन्देशहरू जस्तै: ‘Kill Trump’, ‘Mashallah’ र ‘No Mercy for Catholics’ भेटिएको प्रहरीले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गोलीकाण्ड विद्यालयकाे बिहानको कक्षा सत्र चलिरहेका बेला भएको थियो। शूटरले झ्यालबाट प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए। केही मिनेटमै प्रहरीको कारबाहीमा उनी मारिएका थिए। घटनास्थलबाट हातहतियार, म्यागजिन, र केही नोटहरू बरामद गरिएको छ जसमा राजनीतिक, धार्मिक, र जातीय आक्रोश झल्किएको बताइएको छ।

–अन्तर्राष्ट्रिय सञ्चामाध्यमको सहयोगमा ।