• २०८३ असार १४
  • 2026 June 28, Sunday

फेरि धरमरायो शेयर बजार, ३१ अंकले घट्यो !

काठमाडौं । लगातार तीन दिनमा ७९.०१ अंकले बढेर गतसाताको अन्तिम कारोबारमा घटेको सेयर बजार यो साता ओरालोतिर लागेको छ।

गएको आइतबार १८.०२ अंकले ओरालोतर्फ लागेको बजार त्यसपछि लगातार तीन दिन उकालोतर्फ लागेको थियो। सोमबार २१.३० र मंगलबार ४.८३ अंकले बढेको बजार बुधबार ५३.०१ अंकले बढेको थियो भने बिहीबार ३८.१० अंकले घटेको थियो।

यो साता पहिलो कारोबारमा आइतबार ३१.१८ अंकले घटेर २७४९.८३ बिन्दुमा झरेको छ।

६ अर्ब ६ करोड १८ लाख रुपैयाँको कारोबार भएको बजारमा २१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। २२८ कम्पनीको सेयर मूल्य घटेको छ।