• २०८३ असार २७
  • 2026 July 11, Saturday

विनोद आचार्य हुलाक सञ्चारका सम्पादकमा नियुक्त

काठमाडौं । विराटनगरका विनोद आचार्य हुलाक सञ्चार डटकमका सम्पादकमा नियुक्त भएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका आचार्य करिब एक दशकदेखि पत्रकारितामा सक्रिय छन्। सेतोपाटी डटकम, हिमालय टेलिभिजन र युनिसेफ नेपालमा कार्यानुभव हासिल गरेका उनले विशेषगरी अर्थ पत्रकारितामा कलम चलाउँदै आएका छन्।

नव नियुक्त सम्पादक आचार्यले हुलाक सञ्चारलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, ‘हुलाक सञ्चारलाई तथ्यपरक, विविधतापूर्ण र विश्लेषणात्मक सामग्रीको माध्यम बनाउन म आफ्नो सम्पूर्ण अनुभव प्रयोग गर्नेछु।’

हुलाक आधुनिक सञ्चार प्रालिले सञ्चालित हुलाक सञ्चार डटकममा आचार्यको नेतृत्वले नयाँ ऊर्जा थपिने विश्वास संस्थाका संस्थापक महेश पौडेलले व्यक्त गरेका छन्। आचार्यलाई स्वागत गर्दै पौडेलले भने, ‘विनोद आचार्यजस्ता दक्ष पत्रकार हाम्रो टिममा जोडिनु हुलाक सञ्चारका लागि महत्वपूर्ण उपलब्धि हो।’

आचार्यको नियुक्तिसँगै हुलाक सञ्चारले आर्थिक, सामाजिक र राजनीतिक विषयमा अझ गहिरो सामग्री ल्याउने अपेक्षा गरिएको छ।