
काठमाडाैं । निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको छ ।
मंगलबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मत विभाजन (मतदान)मा नलैजानका लागि प्रतिनिधि सभाबाट पारित भएको व्यवस्था अनुसार नै विधेयक पारित गर्न सहमति जनाएपछि विवाद टुंगिएको हो ।
कर्मचारीको उमेरहदसम्बन्धी व्यवस्थामा सत्ता र प्रतिपक्षका सांसदहरू विभाजित भएपछि विधेयकमा समस्या उत्पन्न भएकाे थियाे ।
समितिमा भएको सहमतिअनुसार विधेयक राष्ट्रिय सभाबाट पारित भएमा पहिलो वर्ष कर्मचारी ५८ को उमेरमा अवकाश हुनेछन् । अर्को वर्ष ५९ र त्यसपछिका वर्षहरूमा ६० वर्ष पुगेपछि मात्र कर्मचारीको अवकाश हुनेछ ।
कांग्रेस–एमालेले विधेयक पारित गर्दाको वर्ष ५९ र अर्को वर्ष ६० कायम गर्न प्रस्ताव गरेका थिए ।