• २०८३ असार १७
  • 2026 July 01, Wednesday

जेन जेड आन्दोलनले राष्ट्रिय सभा बैठक स्थगित, बुधवारका लागि सारियो

काठमाडौँ । जेन जेड पुस्ताको जारी आन्दोलनका राष्ट्रिय सभा बैठक प्रभावित भएको छ। दिउँसो १:१५ बजेका लागि बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको हो।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणवस् भन्दै बुधावारसम्मको लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन्।

जेन जी पुस्ताको आन्दोलन उग्र बनेर संसद् भवन नै प्रवेश गरेपछि कर्फ्यु आदेश जारी गरिएको छ।