
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा फुली लगाइ दिएर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
भदौ १३ गते मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको थियो । उनले आजै प्रहरी महानिरीक्षकको पदभार ग्रहण गर्ने छन् ।